सेयर बजारमा करेक्सन, बैंकिङ समूहमा लगानीकर्ताको ध्यान (अपडेट)
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार सुरु भएको एक घन्टामा निकै उतार चढावकाबीच केही करेक्सन देखिएको छ ।
यो समाचार तयार पार्दासम्म बजार ३.९१ अंकले घटेर १६२८.२६ बिन्दुमा रोकिएको छ । १६५ कम्पनीको ३४ लाख ६६ हजार २३० कित्ता १ अर्ब ४० करोड ८२ लाख ९३ हजार ४३८ रुपैयाँको सेयर कारोबार भएको छ ।
१६३९.८८ बाट खुलेको कारोबार थोरै समयमा बढेर १६६७.७५ अंकमा पुगेको थियो । पुन बजारमा करेक्स आउँदा १६२४.०३ बिन्दुमा रोकियो । यसपछि पुन लय समातेको बजार अन्तिम समयमा करेक्सन तर्फ देखिएको छ ।
यो समाचार तयार पार्दासम्म बैंकिङक समूहको उपसूचकमा राम्रो सुधार देखिएको छ । यस्तै वित्त कम्पनीमा पनि सामान्य सुधार देखिएको छ । अन्य कम्पनीको उपसूहमा भने गिरावट आएको छ ।