पाटा नेपाल च्याप्टरद्वारा पाटा युथ ट्यालेन्ट क्वेष्टको तेस्रो संस्करण आयोजना



काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले ‘पाटा युथ ट्यालेन्ट क्वेष्ट’को तेस्रो संस्करण आयोजना गरेको छ ।

पाटा युथ ट्यालेन्ट क्वेष्ट पाटा नेपाल स्टुडेन्ट च्याप्ट्र सदस्य तथा पाटा नेपाल च्याप्टरमा आवद्ध विद्यार्थीको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धामार्फत् प्रस्फुटित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । साथै नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको खोजमूलक अभियानको रुपमा कार्यक्रम आयोजना हुँदै आएको छ ।

कार्यक्रममा प्रतिभावान यूवा पर्यटन विद्यार्थीको पहिचान गर्ने र आवश्यक तालिम, सल्लाह–सुझाव र अवसर प्रदान गरी उनीहरुको ज्ञान सीप र क्षमता अभिवृद्धि एवम सशक्तिकरण गर्नु कार्यक्रमको उद्देश्य हो ।

यसवर्ष पाटा नेपालले पाटा ‘पाटा युथ ट्यालेन्ट क्वेस्ट २०२० अन्र्तगत ‘पब्लिक स्पिकिङ कम्पिटिसन’, ‘टुरिजम एन्ड हस्पिटालिटी क्विज’ र ‘फुटसल प्रतियोगिता’ गरी तीन वटा कार्यक्रम अघि सारेको छ ।

फेब्रुअरी २४ तारिखमा राजधानीको गेट कलेजमा आयोजित ‘पब्लिक स्पिकिङ कम्पिटिसन’को फाइनलमा १० वटा शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीले पर्यटनमा आइपर्ने जोखिम तथा संकट न्यूनीकरणका उपायबारे प्रस्तुती दिएका थिए ।

त्यस्तै उनीहरुले आत्मबल निर्माणको आवश्यकता, भ्रमण वर्ष २०२० अभियानका लागि चुनौती तथा अवसर’ र ‘नेपाललाई घुम्नैपर्ने गन्तव्यका रुपमा स्थापना गर्ने रणनीति’ जस्ता विषयमा प्रस्तुती दिएका थिए ।

त्यसैगरी फेब्रुअरी २७ तारिखमा मिड भ्याली इन्टरनेशनल कलेजमा आयोजित ‘टुरिजम एन्ड हस्पिटालिटी क्विज’को उपाधि सिल्भर माउन्टेन स्कुुुल अफ होटल म्यानेजमेन्टले प्राप्त गरेको छ भने नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्टले दोस्रो र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनले तेस्रो स्थान हासिल गरेका छन् ।


क्लिकमान्डु