न्याय माग्न गोकुल बाँस्कोटाले जिल्ला अदालत काठमाडौंमा मुद्दा हाले
काठमाडौं । सेक्युरिटी प्रेस खरिदमा कमिसन माग गरेको अडियो सार्वजनिक भएपछि सूचना तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएका गोकुलप्रसाद बाँस्कोटा न्याय माग्दै जिल्ला अदालत पुगेका छन् ।
बाँस्कोटाले सामाजिक संजाल ट्वीटर मार्फत आफु विरुद्द लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्ध प्रतिनिधिमार्फत जिल्ला अदालत काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी गराएका छन् ।
गोकुल बाँस्कोटाको बचाउ गर्दै ओलीले भने- अडियोमा विश्वसनीयता छैन, पत्रु उजुरी हो
सेक्युरिटी प्रेस खरिदमा स्वीस कम्पनीका नेपालका दलाल भनेर चिनिएका विजय मिश्रसँगको कमिसन मागेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले पदबाट राजीनामा दिएका हुन् ।
म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 28, 2020
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार भएको सार्वजनिक कार्यक्रममा बाँस्कोटाको नक्कली अडियो भएको भन्दै उनको पक्षमा उभिएका थिए । पार्टी र सरकारभित्र ओलीका अत्यन्त विस्वासपात्रको रुपमा बाँस्कोटा चिनिन्छन् ।
गोकुलको करिअर ७० करोडको भुंग्रोमा जल्यो, केपी ओलीको आधा सरकार ढल्यो
बाँस्कोटाले कमिसनको कुराकानी गरेका विजय मिश्र विरुद्द गालीबेइजतीको मुद्दा दायर गरेका हुन् ।