सुधीर बस्नेतको पक्षमा सर्बोच्च अदालतको फैसला, सम्पत्ति व्यवस्थापन आफैं गर्न पाउने



काठमाडौं । सर्बोच्च अदालतले घरजग्गा व्यवसायी सुधीर बस्नेतको पक्षमा फैसला गरेको छ । सर्बोच्चको फैसलासँगै अब बस्नेतले आफ्नो सम्पत्तिको व्यवस्थापन आफैं गर्न पाउने भएका छन् ।

सर्बोच्च अदालतका न्यायधीशद्वय बमबहादुर श्रेष्ठ र डम्बरबहादुर शाहीको सयुक्त इजलाशले केही दिनअघि बस्नेतको ओरियन्टियल को-अपरेटिभलाई समस्याग्रस्त घोषणा गर्न नमिल्ने फैसला सुनाएको हो ।

सहकारी ऐन-२०७४ को दफा १०४ अनुसार सहकारीलाई समस्याग्रस्त घोषणा गर्न नमिल्ने फैसला अदालतले सुनाएको हो । सरकारले २०७४ साल कात्तिक २० मा ओरियन्टिललाई समस्याग्रस्त घोषणा गरेको थियो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बस्नेतको सम्पत्तिको व्यवस्थापन आफैं गरेर सहकारी र अपार्टमेन्टमा पैसा बुझाएका व्यक्तिको पैसा फिर्ता दिने निर्णय गरेको थियो ।

बस्नेतले सहकारी र अपार्टमेन्ट बुकिङकर्ताको गरी जम्मा १६ अर्ब रुपैयाँभन्दा बढी तिर्नुपर्ने दायित्व छ ।

समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार उनको बैंक खातामा २ लाख २९ हजार रुपैयाँ मात्रै भेटिएको थियो ।


पुष्प दुलाल