लिवर्टी इनर्जी कम्पनीले १५ करोडको आइपीओ जारी गर्ने, कसले पाउँछ आवेदन दिन ?



काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपीओ (साधारण सेयर) बिक्री गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा लमजुङ जिल्लाका स्थानीय बासिन्दाका लागि १५ लाख कित्ता अर्थात १० प्रतिशत सेयर फागुन २७ गतेदेखि खुला हुन लागेको हो । प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सकिन्छ ।

कम्पनीले लमजुङको दोर्दी गाँउपालिकाका वडा–६ र ७ का स्थानीय मध्ये ५ लाख कित्ता ३३.३३ प्रतिशत र दोर्दी गाँउपालिकाका बाँकी वडा र बेशीसहर नगरपालिकाका वडा–११ का स्थानीयलाई ५ लाख कित्ता अर्थात ३३.३३ प्रतिशत सेयर निष्कासन गर्न लागेको छ । यस्तै कम प्रभावित लमजुङ जिल्लाका सम्पूर्ण बासिन्दालाई ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ ।

पहिलो चरणमा स्थानीयलाई १५ लाख कित्ता र त्यो दोस्रो चरणमा २२ लाख ५० हजार कित्ता सर्वसाधारणलाई सेयर निष्कासन हुनेछ । लिवर्टीले इक्रा नेपालबाट ‘ईक्रा एनपि आईपिओ ग्रेड ४’ रेटिङ पाएको छ । अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ ।


क्लिकमान्डु