बीमा कम्पनीहरुको लागि ‘बीमकको सूचना प्रविधि मार्गदर्शन २०७६’ जारी



काठमाडौं ।  बीमा समितिले बीमा कम्पनीहरुको लागि ‘बीमकको सूचना प्रविधि मार्गदर्शन २०७६’ जारी गरेको छ ।

समितिले जारी गरेको निर्देशिकामा बीमा कम्पनीले वेवसाइट निर्माण गर्नुपर्ने व्यवस्था गरेको छ । बीमकको वेभसाइट खोल्ने वित्तीकै देखिने गरी ठेगाना, टेलिफोन नम्बर, फ्याक्स, इमेल, नक्सा र स्थान सहितको तस्विर देखिनुपर्ने व्यवस्था गरेको छ ।

वेवसाइटमा बीमकको उच्च व्यवस्थापकीय अधिकृत तथा, विभागीय प्रमुखहरुको तस्विर सहितको विवरण, सूचना अधिकारीको मोबाइल नम्बर पनि राख्नु पर्ने उल्लेख छ ।

यस्तै सेवाग्राहीको कुन कामको लागि कति समय लाग्ने हो र त्यसको लागि सम्पर्क गर्ने अधिकृतको नाम र पद सहितको नागरिक वडापत्र पनि राख्नु पर्ने निर्देशिकमा उल्लेख छ ।

यस्तै बीमा कम्पनीले कुन बीमालेख खारेज गरेको छ र कुन प्रचलनमा रहेको छ त्यसको विवरण पनि राख्नु पर्ने भएको छ ।

यस्तै बीमकसँग कुनै वा संस्थाले बीमा गर्न चाहेको खण्डमा कसरी बीमा गर्ने हो त्यसको जानकारी, कुनै घटना घटी दाबी गर्नुपर्ने स्थिती उत्पन्न भएमा बीमकसँग कसरी दाबी गर्ने र त्यसको प्रकृयाको बारेमा पनि जानकारी गराउनु पर्ने मार्गदर्शमा उल्लेख छ ।

उक्त मार्गदर्शनमा बीमकले सूचना प्रविधि प्रणाली उच्च अधिकारी, कर्मचारी तथा आवश्यकता अनुसार बीमा मध्यस्तकर्ताहरुले समेत प्रयोगमा ल्याउने सक्ने खालको हुनुपर्ने उल्लेख छ । साथै बीमकले सबै शाखा, उपशाखा तथा सम्पर्क कार्यालयहरुमा कार्यरत कम्तीमा अधिकृतस्तरका कर्मचारीहरुको औपचारिक व्यक्तिगत इमेल ठेगानाको व्यवस्था गर्नुपर्ने पनि उल्लेख छ ।

त्यसको लागि बीमकले पहिला फिजिकल डेटा सेन्टर आफैले राख्नु पर्ने छ । त्यो सफ्टवेयर एकै समयमा सबै ठाँउमा चल्नु पर्ने छ । बीमकले आवश्यकता अनुसार मोबाइल एप तथा अन्य प्रकारका एप पनि प्रयोगमा ल्याउने सक्नेछन् । बीमकले नयाँ बीमालेख जारी गर्दा, नविकरण गर्दा, भुक्तानी गर्दा वा प्राप्त गर्दा विद्युतीय भुक्तानीका माध्यमहरु समेत प्रयोग गर्न सक्ने व्यवस्था पनि गरेको छ ।


क्लिकमान्डु