अर्थमन्त्री खतिवडाको प्रशंसा गरेर लेखेको त्यो ट्वीट, अर्बपति व्यवसायी बिनोद चौधरीले हटाए
काठमाडौं । नेकपाभित्र देखिएको विवादमा नेपाली कांग्रेसका सांसद् तथा नेपालका एकमात्र अर्बपति व्यवसायी बिनोद चौधरी समेत तानिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवटारमा केही व्यवसायीको उक्साहटमा अर्थमन्त्री डा युवराज खतिवडालाई रोक्न बामदेव गौतमलाई राष्ट्रियसभामा अगाडि सारिएको प्रधानमन्त्री ओलीले आफु निकटसँग सुनाएका थिए । खास गरेर खतिवडालाई रोक्नको लागि अर्बपति व्यवसायी बिनोद चौधरी,उपेन्द्र महतो र अजेयराज सुमार्गी रहेको चर्चा चलेको छ ।
अर्थमन्त्री खतिवडालाई निकाल्न लबिङ गर्ने ३ व्यापारी को हुन् ?
व्यवसायी बिनोद चौधरीले अनलाइनखबरमा प्रकाशित समाचार आख्यान र स्वैर कल्पनाशिलताको नमुना भएको र अर्थमन्त्री खतिवडा संघीय प्रणालीको वित्तीय व्यवस्थापनमा उल्लेखनिय योगदान पुर्याएको व्यक्ति भएको भन्दै खतिवडाको बहिर्गमन नितान्त पार्टीको कुरा भएको माइक्रो ब्लगिङ साइट ट्वीटरमा लेखे । तर,केही समयमा नै चौधरीले सो ट्वीटलाई डिलिट गरेका छन् ।
नोटः बिनोद चौधरीले लेखेको ट्वीट डिलिट गरेका थिए, पुनः त्यही ट्वीट पछि गरेका छन्
अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउने षड्यन्त्रमा लागेको भन्दै अनलाइनखबरमा प्रकाशित आख्यान श्वैर कल्पनाशीलताको नमूना हो !
खतिवडा संघीय प्रणालीको वित्तीय व्यवस्थापनमा उल्लेखनीय योगदान पुऱ्याएका विज्ञ हुनुहुन्छ । उहाँको बहिर्गमन वा आगमन नितान्त उहाँकै पार्टीको आन्तरिक विषय हो l
— Binod Chaudhary (@BinodKChaudhary) February 27, 2020