अर्थमन्त्री खतिवडालाई निकाल्न लबिङ गर्ने ३ व्यापारी को हुन् ?



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको विवाद अहिले सतहमा छ । बुधबार बिहान बसेको सचिवालय बैठकले फागुन २० देखि रिक्त हुने राष्ट्रियसभाको सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई लैजाने निर्णय गर्यो । बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सो अनुसारको निर्णय बालुवाटारमा उपस्थित संचारकर्मीलाई सुनाए ।

श्रेष्ठले निर्णय सुनाएको एकघण्टापछि प्रधानमन्त्री ओलीले बामदेवलाई राष्ट्रियसभामा नलग्ने अर्थमन्त्री डा युवराज खतिवडालाई निरन्तरता दिने बताए । उनले तीनवटा व्यापारीको चलखेलमा अर्थमन्त्री खतिवडालाई हटाउने षडयन्त्र भएको र त्यसालाई आफुले कार्यान्वयन हुन नदिने बताए ।

प्रधानमन्त्री ओलीले भनेको तीनवटा व्यापारी नेपालका एकमात्र अर्बपति बिनोद चौधरी,गैरआवासीय नेपाली संघ(एनआरएनए)का संस्थापक अध्यक्ष तथा अर्का अर्बपति व्यवसायी उपेन्द्र महतो र पछिल्लो एक दशकमा प्रचण्डको संरक्षकमा उदाएका अजेयराज सुमार्गी हुन् ।

नेपाली कांग्रेसबाट समानुपातिक सांसद् भएका चौधरी र सरकारबीचको विवाद पनि चर्चामा रहेको छ । चौधरीले संचालन गरेको मोबाइल सेवा प्रदायक कम्पनीलाई युनिफाइड लाइसेन्स नदिएपछि चौधरी र सरकारबीच विवाद भएको हो । यसमा ओलीका विस्वासपात्र तथा कमिसनको बार्गेनिङ गरेको अडियो बाहिर आएपछि राजीनामा दिएका गोकुल बाँस्कोटाले चौधरीको कम्पनीमाथि छानबिन हुने बताएका थिए ।

चौधरीको टेलिकम कम्पनीलाई प्रचण्ड नेतृत्वको सरकारले कामचलाउ भएपछि टेलिफोन सेवा चलाउन युनिफाइड लाइसेन्स दिएको थियो ।

ओलीले इंगित गरेका अर्का व्यवसायीपनि नेपालमा टेलिकम क्षेत्रका अर्का ठूला व्यवसायी नै हुन् । रसियामा व्यापार गरेर उदाएका महतो नेकपा निकट नै व्यवसायी हुन् ।

उनका बहिनी ज्वाँई रघुबिर महासेठलाई ओलीले भौतिक योजना तथा पूर्वाधारमन्त्री बनाएका थिए । नेपालमा टेलिकमको बिजनेशमा कुनै न कुनै रुपमा महतो जोडिन्छन् । उनको अहिले युटिएल नामको टेलिकम कम्पनीमा लगानी छ । जसले लाइसेन्स पाएपछि सेवा विस्तार गरेको छैन । सरकारले यसलाई तिनुपर्ने रोयल्टीमा समेत छुट दिएको छ ।

अर्का व्यवसायी अजेयराज सुमार्गी हुन् । जसमा अर्थमन्त्री खतिवडाले देखिने गरेर उनलाई असजिलो पारेका थिए । सुमार्गीको स्रोत नखुलेको बाहिरबाट ल्याएको पैसा खतिवडा गभर्नर हुँदा नै रोकिएको थियो ।

सुमार्गी प्रचण्डको आर्शिवादको कारण व्यवसायिक रुपमा पछिल्लो  दशकमा उदाएका व्यवसायी हुन् । उनको पनि हेल्लो नेपाल ब्राण्डको टेलिकम कम्पनी छ ।


क्लिकमान्डु