सेयर बजारमा उछाल कायमै, झण्डै ३ अर्बको कारोबार
काठमाडौं । कारोबारको सुरुमा केही गिरावट देखिएपनि अन्तिम समयमा सेयर बजारमा उछाल आएको छ । मंगलबार सेयर बजारमा ४३.०२ अंकको सुधार आउँदा परिसूचक १५४५.१९ बिन्नुमा रोकिएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.५७ अंकले बढेर ३२६.५६ बिन्दुमा रोकिएको छ । १८० कम्पनीको ७० लाख ५९ हजार ७१२ कित्ता सेयर २ अर्ब ९९ करोड २१ लाख ६० हजार ५२४ रुपैयाँको सेयर किनबेच भएको छ ।
मंगलबारको कारोबारमा सबै समूहको उपसूचकमा हरियाली देखिएको छ । कारोबार रकमको आधारमा हिमालयन डिस्ट्रिलरी रहेको छ । हिमालयनको १६ करोड ३३ लाख ५१ हजार १६८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्स रहेको छ ।
गुँरास लाइफ इन्स्योरेन्स, हिमालयन डिस्ट्रिलरी, स्वदेशी लघुवित्त वित्तीय संस्था, यूनिलिभर नेपाल, शिखर इन्स्योरेन्सको कारोबारमा सकारात्मक सर्किट लागेको छ । यस्तै दिव्यश्वरी हाईड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, रिलायन्स फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।