ह्यूण्डाईले नेपाली बजारमा नयाँ विद्युतीय गाडी आयोनिक ल्यायो यस्ता छन् विशेषता



काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि., ह्यूण्डाईको नेपालका लागि आधिकारिक विक्रेताले आफ्नो नयाँ ईलेक्ट्रीक कार आयोेनिक २०२० लन्च गरेको छ ।

ह्यूण्डाई आयोेनिक को यो नवीनतम भर्जन अझ उत्कृष्ट पावर र विशेषताका साथ आएको छ । यो नयाँ ईलेक्ट्रीक प्रिमियम सेडानले ईलेक्ट्रीक गाडीको जगतमै नयाँ आयाम रच्ने छ । यसको अत्याधुनिक प्रविधिले तपाईंको राइडलाई पावरफूल, आरामदायी, सुरक्षित र झनझट मुक्त बनाउँछ ।

आयोेनिकमा ३८.३ के डब्लुएच ईलेक्ट्रीक मोटरको साथ १०० केडब्लुको ब्याट्री पावर छ र यसको अधिकतम स्पीड १६५ रहेको छ । सले यसलाई बिना झनझट लामो दूरीको यात्राको लागि उत्कृष्ट बनाउँने र ड्राइभिङ्ग रेन्ज ३११ किमी रहेको कम्पनीले जनाएको छ । यो पूर्ण ईलेक्ट्रीक मोबिलिटीले पार्टहरु हल्लिन कम गर्ने भएकोले गाडी कुनै आवाज बीना आरामले गुड्ने कम्पनीको दाबी छ ।

नयाँ आयोेनिक २०२० मा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ, जसले रिजेनेरेटिभ ब्रेकिङ्गमा चार लेबलको नियन्त्र प्रदान गर्दछ र यसले चालकलाई सिस्टमको डिफल्ट इको ड्राइभिङ्गको र तीव्र प्रदर्शनको लागि फुल पावर प्रदान गर्छ ।


क्लिकमान्डु