इन्डेक्समा सामान्य करेक्सन, कारोबार रकम साढे ३ अर्ब नजिक



काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा निकै उतार चढाव देखिएको छ । कारोबारको सुरुमा केही बढोत्तरी देखिएपनि अन्तिम समयमा इन्डेक्समा सामान्य करेन्सन देखिएको छ । कारोबार रकम भने सन्तोषजनक रहेको छ ।

सेयर बजार मापन गर्ने नेप्से इन्डेक्स १.९६ अंकले घटेर परिसूचक १५०५.१८ बिन्दुमा रोकिएको छ । १७९ कम्पनीको ८३ लाख ४८ हजार २३४ कित्ता सेयर ३ अर्ब ४१ करोड ५ लाख १६ हजार २७८ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूह ४.७६, उत्पादत तथा प्रशोधन समूहको उपसूचक २३.३९ अंकले बढ्दा निर्जीबन बीमा २२०.८८, जीवन बीमा ४.७३, माइक्रोफाइनान्स समूहको उपसूचक ३२.०३ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा अग्रस्थानमा एनएमबी बैंक रहेको छ । बैंककाृे २० करोड ४३ लाख ३४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा शिवम् सिमेन्ट र शिखर इन्स्योरेन्स रहेका छन् ।

कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकको कारोबारमा सकारात्मक सर्किट लागेको छ भने मन्जुश्री फाइनान्स, यूनियन हाईड्रोपावर, आरएसडिसी लघुवित्त वित्तीय संस्था, नेपाल हाईड्रो डेभलपर्सका लगानीकर्ताले कमाउँदा
गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, प्राइम इनस्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु