पोलिसीको शुल्क बीमा समितिले तोक्नु पर्छ: अर्थसचिव शिशिर ढुंगाना



काठमाडौं । अर्थ सचिव शिशिर ढुगानाले बिमा कम्पनीलाई बिमा पोलिसीको शुल्क तोक्न नदिन नहुने बताएका छन् ।

अर्थ समितिले बिमा ऐनलाई संसोधन तथा एकीकरण गर्न बनेको विधेयकमा छलफल गर्न आयोजित बैठकमा उनले बीमा कम्पनीलाई पोलिसीको रकम तोक्न दिन नहुने बताए ।

उनले राष्ट्र बैकले स्प्रेडदर तोकेर विकृति रोकेको स्मरण गर्दै पोलिसीको शुल्क पनि समितिले तोक्न आवश्यक रहेको बताए । यसले बिकृति बनाउने भन्दै त्यसमा ध्यान दिन आग्रह गरे ।

उनले रेगुलेटरलाइ प्रभावकारी बनाउन र यसको विकृति रोक्न ऐन आवश्यक रहेको र दाबी भुक्तनी सहज बनाउनु पर्ने उनको भनाइ छ ।


क्लिकमान्डु