नागरिक उड्डयन प्राधिकरण टुक्राउने २ विधेयक संसदमा दर्ता



काठमाडौं । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउनका लागि तयार गरिएको दुई विधेयक राष्ट्रिय सभामा दर्ता भएका छन् । आइतबार सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विधेयक संसदमा दर्ता गराएका हुन् ।

भट्टराईले ‘हवाई सेवा प्राधिकरण २०७६’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०७६’ दर्त गराएका हुन् ।

यी ऐन पारित भएसँगै प्राधिकरण टुक्राउनका लागि बाटो खुल्नेछन् । लामो समयदेखि प्राधिकरण टुक्राउने विषयमा तयारी भए पनि यसले मूर्तरुप पाउन सकेको थिएन ।

युरोपियन युनियनले नेपालको हवाई सेवालाई लामो समयदेखि कालोसूचीमा राखेको छ । सञ्चालन र नियमन गर्ने दुबै निकाय एउटै भएकाले कालोसूचीबाट हटाउन सुझाव दिएको थियो । सोही सुझावका आधारमा प्राधिकरणलाई टुक्राउन लागिएको हो ।

ऐन पारित भएसँगै प्राधिकरण सेवा प्रदायक र नियमन गरी दुई भागमा विभाजन हुनेछ ।

प्राधिकरण टुक्राउने विषयमा कर्मचारीहरुले चर्को विरोध गरे पनि अन्नतः मन्त्री भट्टराईले विधेयक संसदमा दर्ता गराएका हुन् ।

त्यस्तै, प्राधिकरणका स्थायी कर्मचारीले नियामक निकायको कर्मचारीका रुपमा रहन चाहेमा त्यस्ता कर्मचारीले ऐन लागू भएको ६० दिनभित्र मन्त्रालयमा निवेदन दिन सक्नेछन् ।

त्यस्तै, निवृत्तभरणका हकमा प्राधिकरणबाटै निवृत्तभरण पाउनेछन् भने निजामती सेवाबाट प्राधिकरणमा आएका कर्मचारीले आफू खवकाश हुँदा निवृत्तभरण वा उपदानमध्ये कुनै एक सुविधा रोज्न सक्नेछन् ।


क्लिकमान्डु