घाटामा गएको नेपाल वायु सेवा निगम उकास्न २५ प्रतिशत सेयर बिक्री गरिने



काठमाडौं । नेपाल वायु सेवा निगमको २५ प्रतिशत सेयर बिक्री गर्नका लागि सञ्चालक समितिको बैठकले सैद्दान्तिक स्वीकृति दिएको छ । सञ्चालक समितिका सदस्य अच्युतराज पहाडीले समितिले त्यसका लागि स्वीकृति दिएको क्लिकमाण्डूलाई जानकारी दिए ।

‘७५ प्रतिशत सरकार आफैले राखी बाँकी २५ प्रतिशत सेयर बिक्री गर्नका लागि सैद्दान्तिक स्वीकृति दिइएको हो,’ उनले भने ।

उनका अनुसार २२ प्रतिशत सरकारी संस्थालाई र ३ प्रतिशत सेयर कर्मचारीलाई दिने गरी सैद्दान्तिक स्वीतृति दिइएको हो ।

‘निगममा पैसा भएन पैसा भएका सरकारी संस्थाले सेयर खरिद गर्दा आर्थिक रुपमा निगमलाई फाइदा हुन्छ कि भन्ने हिसाबले सञ्चालक समितिले स्वीृकति दिएको हो, त्यसको निर्णय मन्त्रिपरिषदले गर्ने हो,’ उनले भने ।

उक्त निर्णय पर्यटन मन्त्रालय र अर्थमन्त्रालय हुँदै मन्त्रिपरिषदमा पुग्नेछ । उनका अनुसार अब निगमको सम्पत्ति मूल्यांकनका लागि डीडीए गरिनेछ र त्यस अनुसारले २५ प्रतिशत बराबरको रकम सेयरमार्फत् बिक्री गरिनेछ ।

निगमबाट अध्यक्ष मदन खरेलले राजीनामा दिएपछि सञ्चालक समिति अध्यक्षता पर्यटन सचिव केदारबहादुर अधिकारीले लिएका छन् । अधिकारी अध्यक्ष भइसकेपछि सेयर बिक्री गर्ने निर्णय गरिएको हो ।


क्लिकमान्डु