सेयर बजारले तोड्यो आफ्नै रेकर्ड, रच्याे नयाँ इतिहास (अपडेट)



काठमाडौं । सेयर बजारले नयाँ इतिहास रचेको छ । फागुन ८ गते अहिलेसम्मकै सबै भन्दा बढी २ अर्ब ७८ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

८ गते ५८ लाख २९ हजार ५ सय कित्ता सेयर २ अर्ब ७८ करोड ५० लाख रुपैयाँमा किनबेच भएको थियो । तर आइतबार बजारले आफ्नै रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएको छ ।

आइतबार यो समाचार तयार पार्दासम्म ३ अर्ब १४ करोड ९१ लाख ४ हजार ५६९ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै सूचक निकै उत्साहप्रद देखिएका छन् । यो दिन बजारमा खरिदकर्ताको चाप पनि निकै देखिएको छ ।


क्लिकमान्डु