सेयर बजारमा उछाल कायमै, कारोबार रकम सवा २ अर्ब (अपडेट)



काठमाडौं । सेयर बजारमा सुरु भएको अढाइ घन्टामा बजारले नयाँ उत्साह थपेको छ ।

यतिबेला डा. युवराज खतिवडाको कार्यकाल सकिनै लागेको र नेकपामा उपाध्यक्ष बामदेव गौतम उनको ठाँउमा राष्ट्रिय सभा सदस्य हुने समाचार बाहिरीएसँगै बजारमा उछाल आएको छ ।

यो समाचार तयार पार्दासम्म सेयर बजार मापन गर्ने सूचक ७३.४३ अंकले बढेर १५०८ बिन्दुमा रोकिएको छ ।

यो दिनको कारोबारमा १७६ कम्पनीको ५४ लाख १ हजार ८५८ कित्ता सेयर २ अर्बं २९ करोड ६० लाख ८३ हजार ८१८ रुपैयाँको सेयर किनबेच भइसकेको छ । सबै उपसूहको कारोबारमा निकै उत्साह देखिएको छ । साताको पहिलो दिन आइतबार १४३५ अंकबाट खुलेको बजार १५०८ मा रहेको छ ।


क्लिकमान्डु