सेयर बजारमा एकाएक उछाल, १५ मिनेटमा ४१ अंकको छलाङ



काठमाडौं । यो सातामा सेयर कारोबारको पहिलो दिन कारोबार सुरु हुनासाथ बजारमा उछाल देखिएको छ ।

कारोबारको सुरु देखि नै सुधारको बाटोमा देखिएको सेयर बजार प्रत्येक मिनेटमा बढोत्तरी मात्रै देखिएको छ । यो समाचार तयार पार्दासम्म ११६ कम्पनीको कारोबारमा एउटा कम्पनीको मात्रै गिरावाट देखिएको छ ।

यो समाचार तयार पार्दासम्म सेयर बजार मापन गर्ने सूचक ४१.६४ अंकले बढेर १४७६.२२ बिन्दुमा पुगेको छ । बजार बजार २.८६ अंकले बढेको छ ।
यो समाचार तयार पार्दासम्म ११२ कम्पनीको ३ लाख ५६ हजार ६०२ कित्ता सेयर १८ करोड ४८ लाख ७३ हजार ७३९ रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु