एनएमबि बैंकको तलब खातामा थप सुविधा, १८ लाखसम्मको बीमा सुविधा दिने

क्लिकमान्डु २०७६ फागुन ११ गते १०:४० मा प्रकाशित

काठमाडौं । एनएमबि बैंकले ‘एनएमबि तलब खाता’ र ‘एनएमबि सुपर तलब खाता’मा परिष्कृत विविधताका साथ नयाँ खाता योजनाहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत खातावालहरुलाई १८ लाख सम्मको कुल वीमा सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।

नयाँ योजनाहरु मध्ये ‘एनएमबि प्रिमियम तलबखाता’मा ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना मृत्यू वीमा, १८ प्रकारका घातक रोगहरुको लागी रु ५ लाखसम्मको वीमा सुविधा प्रदान गरिएकोछ भने ‘एनएमबि प्रिमियम सुपर तलबखाता’मा ग्राहकहरुले रु. १० लाख सम्मको दुर्घटना मृत्यू वीमा, १८ प्रकारका घातक रोगहरुको लागी ७ लाखसम्म वीमा र १ लाख सम्मको स्वास्थ्य उपचार वीमाबाट लाभान्वित हुन सक्ने छन् । उल्लेखित खाताहरु शुन्य मौज्दातमै खोल्न सकिने बैंकले जनाएको छ ।

रकम मात्र नभई सुविधाको दायरा पनि बिस्तार गर्ने उद्देश्यको साथ ‘एनएमबि प्रिमियम तलब खाता’ र ‘प्रिमियम सुपर तलब खाता’ को सुरुवात गरिएको हो । ग्राहकको अतिरिक्त आवश्यकतालाई मध्यनजर गर्दैै यस प्रकारको खातामा वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको योजना ल्याएका छौं बंैकद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स