एनआईसी एशिया बैंकमा खाता खोल्दा अधिकतम २ लाख १४ हजार रूपैयाँसम्म फाइदा



बैंकमा खाता खोल्दा सर्वसाधरणहरूको मनमा के खुलदुली होला? आफ्नो बचतको उच्चतम ब्याजदर ग्राहकको पहिलो रोजाइ नहोला भन्न सकिँदैन । तर एन आई सी एशिया बैंकसँग आबद्ध हुने ग्राहक महानुभावहरूका हकमा भने ग्राहकले अनुमान गरेभन्दा बढी पाउने छन् ।

एनआईसी एशिया बैंकले ल्याएको न्यू चमत्कारिक बचत खाता योजना अन्तर्गत ल्याएका विभिन्न खाता सुविधाहरूमार्फत ग्राहक महानुभावहरूले ३० चमत्कारिक फाइदा पाउन सक्नेछन् । बैंकले यो योजना अन्तर्गत खाता खोल्दा न्युनतम ५० हजारदेखि २१ लाख ४० हजारसम्मको चामत्कारिक फाइदा हुने सुविधा दिएको बैंकले जनाएको छ ।

५० हजार रूपैयाँदेखी २ लाख १४ हजार रुपैयाँसम्म फाइदा हुने बैंकले दाबी गरेको छ ।

बीमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्कारिक फाइदाका साथै २५ वटा अन्य चमत्कारिक फाइदाहरू बैंकले अघि सारेको छ ।

जस्तो, २१ लाख रूपैयाँको बीमा सुविधा बैंक बाहिरबाट लिँदा भन्दा बैंकको न्यू चमत्कारिक खाताअन्तर्गत गर्दा करिब १४ हजार रूपैयाँ बराबर ग्राहकलाई फाइदा हुने छ ।

जस्तै बैंकले दुर्घटना बीमा, घातक रोगहरू र मेडिकल बीमा अन्तर्गत २१ लाख रूपैयाँ बराबरको बीमा सुविधा प्रदान गरेको छ । बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुनेछ ।


क्लिकमान्डु