सिटिजन्स बैंकले ४ स्थानमा शाखा खोल्यो



काठमाडौं । सिटिजन्स बैंकले ४ स्थानमा शाखा खोलेको छ ।

बैंकले मोरंगको कन्चनबारी (राजवंशी चोक), कास्कीको हस्पिटल चोक (पोखरा) र कैलालीको अत्तरिया तथा सुखड शाखाहरु संचालनमा ल्याएको छ ।

बैंकको अब शाखा संख्या ९३ पुगेको छ । ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु