बलेफी हाईड्रोपावरले सर्वसाधारणमा सेयर निष्कासनको लागि प्रत्याभूतिकर्तासँग सम्झौता



काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले निष्कासन गर्न लागेको ३६ लाख ५५ हजार ९४० कित्ता सेयर निष्कासनको लागि एनएमबि क्यापिटल लिमिटेडको व्यवस्थापनमा सनराइज क्यापिटल लिमिटेड, हिमालयन क्यापिटल लिमिटेड र कुमारी क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता नियुक्ति भएका छन् ।

यस सम्बन्धी सम्झौतामाकम्पनीकातर्फबाटकार्यकारी अध्यक्ष उमेश कसजु र प्रत्याभूतिकर्ताहरुको तर्फबाट एनएमबि क्यापिटलका श्रीजेश घिमिरे,सनराइज क्यापिटलका विजयलालश्रेष्ठ, हिमालयन क्यापिटलका परमेश्वर पन्त र कुमारी क्यापिटलका राजेश श्रेष्ठले हस्ताक्षर गरे । कम्पनीले १८,२७,९७० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयबासिन्दालाई र बाँकी १८,२७,९७० कित्ता शेयर सर्वसाधारणका लागिनिष्काशन गर्ने जानकारी दिएको छ ।

वाग्मतीप्रदेश,सिन्धुपाल्चोक जिल्लाको गुम्बा र गोल्चे गा.वि.स.हरुमाअवस्थित बलेफीखोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युतआयोजनाअहिले निर्माणको चरणमा रहेको र कम्पनीले हालसम्म ८० प्रतिशतसम्मको निमार्ण कार्य सम्पन्न गरिसकेको छ । आगामी२०७७आषाढसम्ममा सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी आयोजनाबाट उत्पादनहुने विद्युत नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनमा जडान गरीबिक्री गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

यस कम्पनीको कुल लागत ६ अर्ब ७८ करोड रहेको छ । जसको प्रति मेगावाट लागत १६ करोड ९० लाख रहेको छ । लगानीफिर्ता ८ वर्ष २ महिनामा हुने छ ।


क्लिकमान्डु