पर्यटकलाई अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘पर्यटन परी’ले स्वागत गर्ने



काठमाडौं । पर्यटकलाई स्वागत गर्न र सबैखाले जानकारी प्रदान गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ वटा रोबर्ट राखिएको छ ।

जसलाई ‘पर्यटक परी’ नाम दिइएको छ । बिहीबार सस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले रोबर्टलाई नमस्कार गरी उद्घाटन गरे ।

उद्घाटन कार्यक्रम रोबर्टने नै सञ्चालन गरेको थियो ।रोबर्टले सबैलाई आसन ग्रहण गराउँदै राष्ट्रिय गान समेत बजाएको थियो । रोबर्ट पाइला टेक्नोलोजी प्रालिले निर्माण गरेको हो ।

कम्पनीका सह-संस्थापक आयुश कसजुले झन्डै २ महिना समय लगाएर रोबर्ट निर्माण गरिएको जानकारी दिए । उनका अनुसार रोबर्टले नेपाली, अंग्रेजी र चिनियाँ गरी ३ वटा भाषामा सबै खाले जानकारी दिनेछ ।

‘पर्यटन परीले नेपाल, नेपालका पर्यटकीय गन्तव्य, विमानस्थलमै उपलब्ध सेवा सुविधालगायतका सेवा दिनेछ, साथै पर्यटकसँग दोहोरो संबाद समेत गर्न सक्छ, जसबाट पर्यटकले सहजै धेरै जानकारी लिन सक्नेछन्,’ कसजुले भने ।

पर्यटनमन्त्री भट्टराईले रोबर्टमा अझ धेरै विशेषताहरु थप गर्दै उपयुक्त लागेमा अन्य विमानस्थलमा समेत राखिने बताए ।

‘रोबर्ट नेपालले सूचना प्रविधिको उच्चतम प्रयोग गरिरहेको छ भन्ने सन्देश पनि हो, अब पर्यटकले कमर्चारी खोज्दै हिँड्नु पर्दैन,’ उनले भने ।

रोबर्ट निर्माणका लागि ४० लाख रुपैयाँ खर्च गरिएको छ । खर्च नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय र मन्त्रालयले बेहोर्नेछन्


क्लिकमान्डु