गोकुल बाँस्कोटाले मागेको ७० करोड कमिसन काण्डमा लेखा समितिको यस्तो निचोड



काठमाडौं । नेपालमा सेक्युरिटी प्रेस स्थापनाको लागि कमिसन मागेको अडियो सार्वजनिक भएपछि संचारमन्त्री गोकुल बास्कोटा विवादमा तानिएका छन् ।

संचारले जिटुजी मोडलबाट जर्मन र फ्रान्सको कम्पनीसँग सेक्युरिटी प्रेस लगाउने निर्णय गरेको थियो । यो विषय संसद्को सार्वजनिक लेखा समितिमा समेत प्रवेश गरिसकेको थियो ।

सबै गरेर मलाई १० अर्ब रुपैयाँ जति कमिशनको प्रस्ताव आएको थियो: सञ्चारमन्त्री बाँस्कोटा

लेखा समितिमा नै संचारमन्त्री बास्कोटाले कमिसन मागेका विजयप्रकाश मिश्र सार्वजनिक लेखा समितिमा विज्ञको रुपमा सहभागी भएका थिए । उनी स्विस कम्पनीका ऐजेन्ट हुन् ।

लेखा समितिले सेक्युरिटी प्रेसको विषयमा सरकारले प्रक्रिया मिचेको निचोड निकालेको छ ।


क्लिकमान्डु