निक्षेप तथा कर्जा सुरक्षण कोषले २ लघुवित्तको संस्थापक सेयर लिलामीमा बिक्री गर्ने



icकाठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले आफ्नो २ वटा लघुवित्तमा भएको सेयर बिक्री गर्ने भएको छ । कोषले बिहिबार सुचना प्रकाशित गर्दै आरएमडीसी लघुवित्त र ग्रामिण लघुवित्तमा भएको संस्थापक सेयर गर्ने भएको हो ।

कोषको १०० रुपैयाँ अंकित आरएमडीसी लघुवित्तमा २१ हजार ६१ कित्ता र ग्रामिण लघुवित्तमा ३ हजार १९४ कित्ता संस्थापक सेयर लिलामी बढाबढको माध्यमद्वारा बिक्री गरिने हुँदा सो सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले फगुन १४ गतेसम्म कोषमा आवेदन दिनु पर्ने जनाइएको छ । जसमा लगानीकर्ताले लिलामीमा राखिएको सेयर प्रतिकित्ता के कसरी खरिद गर्न इच्छुक हो त्यो समेत उल्लेख गर्न कोषले आग्रह गरेको छ ।


क्लिकमान्डु