सिटिजन्स बैंकले २ अर्ब ५० करोडको ऋणपत्र ल्याउने, ब्याजदर १०.२५ प्रतिशत



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । यसको ब्याजदर १०.२५ प्रतिशत रहेको छ ।

१० वर्षको लागि त्रैमासिक रुपमा भुक्तानी हुने ऋणपत्रमा प्रति ऋणपत्र १ हजार अंकित मूल्यका २५ लाख कित्ता मध्ये १० लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्व ऋणपूँजी रकम सामूहिक लगानी कोषका लागि छुट्टयाईएको समेत सर्वसाधारण नेपालीको लागि सार्वजनिक निस्काशनबाट बिक्री गरिने र बाँकी १५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ५० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तपÞर्m बिक्री गरिने बैंकले जानकारी गराएको छ ।

ग्लोबल आइएमई क्यापीटल लिमिटेडको निष्कासन तथा विक्री प्रवन्धमा यस बैंकले जारी गर्न लागेको १० वर्ष अवधि तथा बार्षिक १०.२५ प्रतिशत ब्याजदर भएको “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले एलबीबीबी प्लस रेटिङ्ग दिएको छ ।

सिटिजन्स बैंकको अहिले ८९ वटा शाखा रहेका छन् ।


क्लिकमान्डु