सेयर बजारमा समान्य सुधार, बैंक र बीमामा बढी गिरावट



काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएपनि अघिल्ला कारोबारको तुलनामा कारोबार रकममा भने केही कमी देखिएको छ । तथापी कारोबार रकम भने डेढ अर्ब बढी नै रहेको छ ।

सेयर बजार मापन गर्ने सूचक ५.२४ अंकले घटेर १ हजार ४०५.२५ बिन्दुमा रोकिएको छ । १७७ कम्पनीको ३४ लाख ५५ हजार ६८२ कित्ता सेयर १ अर्ब ६२ करोड ८८ लाख ४१ हजार ३८९ रुपैयाँको सेयर किनबेच भएको छ ।

बैंकिङ समूहको ३.७५, निर्जीबन बीमा ५२.७८, जीवन बीमा समूहको उपसूचकमा १९.४२ अंकले घटेको छ भने उत्पादन तथा प्रशोधन समूहको ९४.७१, माइक्रोफाइनान्स समूहको उपसूचक १०४.३९ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । सिमेन्टको १४ करोड ७१ लाख ६२ हजार ९१३ रुपैयाँको सेयर किनेबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिस्ट्रिलरी, ग्रामिण विकास लघुवित्त वित्तीय संस्था रहेको छ ।

आशा लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, बोटलर्स नेपाल (तराई), कालिका माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाउँदा मल्टिप्रपोज फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, माउन्टेन हाईड्रो नेपाल, राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु