शिवरात्रीका लागि सेनाले रिहर्सल गर्दा विमानस्थलमा उडान र अवतरण प्रभावित



काठमाडौं । नेपाली सेनाले शिवरात्रीका अवसरमा गरिने कार्यक्रमका लागि रिहर्सल गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएका छन् ।

मंगलबार दिउँसो पौने २ बजेदेखि ५ बजेसम्म सेनाले काठमाडौंको आकाशमा हेलिकप्टठर र विमान उडाएर रिहर्सल गर्ने भएकाले उडान र अवतरण प्रभावित भएको हो ।

हरेक वर्ष शिवरात्रीका दिन नेपाली सेनाले स्थापना दिवस समेत मनाउँछ ।

उडान र अवतरण प्रभावित भएपछि सिमराको आकाशमा विमानहरु होल्ड भएका छन् ।


क्लिकमान्डु