नयाँ विमान र कम्पनीले काठमाडौं बाहिरबाट सेवा सञ्चालन गर्नुपर्ने



काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सञ्चालनको आधार बनाउँदै आएका विमान कम्पनीलाई अब भने नयाँ नियमन लागू हुने भएको छ ।

सञ्चालनमा रहेका विमान कम्पनीहरुले अब नयाँ विमान खरिद गर्दा त्यसको सञ्चालन आधार काठमाडौं बाहिरका विमानस्थललाई बनाउनुपर्नेछ ।

अहिले अधिकांश विमानहरु काठमाडौंलाई सञ्चालनको आधार बनाउँदै आएका छन् ।

त्यस्तै, नयाँ विमान कम्पनी आउँदा समेत काठमाडौं बाहिरबाट सेवा सञ्चालन गर्नुपर्नेछ । सरकारले राष्ट्रिय हवाई नीति २०७६ को मस्यौदामा यस्तो व्यवस्था उल्लेख छ ।

साथै, नयाँ विमान कम्पनी दर्ता गर्दा आवश्यकता र बजारको माग, लगानी र आम्दानीको गहन विश्लेषणका आधारमा मात्रै गरिने समेत मस्यौदामा उल्लेख छ ।

मस्यौदामा विमान कम्पनी मर्ज तथा एक्विजिसनमा जान सक्ने बाटो खुला गरिदिएको छ भने विमान कम्पनी सञ्चालन गर्नका लागि कम्तीमा तीन वटा विमान हुनैपर्ने व्यवस्था समेत उल्लेख गरिएको छ । जसमा निजी क्षेत्रका विमान कम्पनीहरुले विरोध गर्दै आएका छन् ।

त्यस्तै, विमान कम्पनीमा विदेशी लगानीमा गरिएको परिवर्तनका सम्बन्धमा समेत सरोकार वाला निकायले विरोध गरेका छन् ।

नीतिमा विमानस्थललाई ५ प्रकारमा विभाजन समेत गरिएको छ । जसमा अन्तर्राष्ट्रिय विमानस्थल, क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, आन्तरिक हव विमानस्थल, सर्ट टेक अफ एन्ड ल्यान्डिङ विमानस्थल र हेलिप्याड÷हेलिपोर्ट गरी विभाजन गरिएको छ ।


क्लिकमान्डु