जीवन बीमा कम्पनीको नाफा ४६ प्रतिशतले बढ्यो, नेपाल लाइफको सबैभन्दा धेरै



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १९ वटा जीवन बीमा कम्पनीहरुको नाफा ४६ प्रतिशतले बढेर २ अर्ब १४ करोड ९७ लाख ११ हजार रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको नाफा १ अर्ब ४७ करोड ६ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा सबैभन्दा बढी नाफा ३५ करोड ९ लाख १७ हजार रुपैयाँ रहेको छ । नेपाल लाइफको नाफा २५ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा नेपाल लाइफको नाफा २८ करोड ५ लाख २६ हजार रहेको थियो ।

यस्तै धेरै नाफा गर्नेमा नेशनल लाइफ इन्स्योरेन्स पनि रहेको छ । नेशनलले २३ करोड ५८ लाख ७० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा ३८ प्रतिशतले बढी हो ।

गत आवको दोस्रो त्रैमासको तुलनामा धेरै नाफा बढाउनेमा राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थानले ३२६ प्रतिशतले नाफा बढाएर ३ करोड ५३ लाख ४६ हजार रुपैयाँ आर्जन गरेको छ ।

यस्तै एसियन लाइफ इन्स्योरेन्सको नाफा पनि ३२० प्रतिशतले बढेर १२ करोड १३ लाख ९७ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा २ करोड ८९ लाख २७ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको दोस्रो त्रैमासमा आइपुग्दा सन नेपाल लाइफको नाफा २२ प्रतिशतले घटेको छ भने सानिमा लाइफको नाफा २ प्रतिशतले घटेको छ ।

गत आवको दोस्रो त्रैमासमा ६५ करोड रुपैयाँ नाफा रहेको सन नेपालको नाफा चालु आवको सोही अवधिमा आइपुग्दा ५१ करोड १ लाखमा सीमित भएको छ ।

यस्तै सानिमा लाइफको पनि नाफा गत आवको दोस्रो त्रैमासमा ४ करोड ८९ लाख ८० हजारबाट चालु आवको सोही अवधिमा आइपुग्दा ४ करोड ८० लाख ८४ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा सबैभन्दा थोरै मेट लाइफको २ र लाइफ इन्स्योरेन्स कर्पोरेशन र ज्योति लाइफ इन्स्योरेन्सको नाफा ७ प्रतिशतले मात्रै बढेको छ । जीवन बीमा कम्पनीहरुको दोस्रो त्रैमासमा २ अर्ब १४ करोड ९७ लाख ११ हजार रुपैयाँ भए पनि बिमांकीय मूल्यांकनपछि उक्त नाफामा केही घटी वा बढी भने हुनसक्छ ।


क्लिकमान्डु