कर्णाली पर्यटन बोर्डले माग्यो कार्यकारी निर्देशक
काठमाडौं । कर्णाली पर्यटन बोर्डले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ । फागुन ५ गते खुलाएको विज्ञपानमा इच्छुकले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
बोर्डले कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरी ५ वर्ष पर्यटन क्षेत्रमा काम गरेको हुनुपर्ने, ३० वर्ष पूरा भइ ५० वर्ष उमेर ननाघेको हुनुपर्ने उल्लेख छ ।