सिम्रिक एयरले १९९९९ रुपैयाँमा शिवरात्रीमा गोसाइकुन्ड लैजाने



काठमाडौं । हिन्दुहरुको महान पर्व शिवरात्रीको अवसरमा सिम्रिक एयरले भक्तजनलाई गोसाइकुन्ड लैजाने भएको छ । फागुन ६ गतेदेखि १० गते शनिबारसम्म दैनिक फ्लाइटमार्फत् यात्रु लैजाने भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका सीइएमओ योगेश सापकोटाका अनुसार दुईतर्फी भाडा १९ हजार ९९९ रुपैयाँ तोकिएको छ । उनका अनुसार कम्पनीमा ५ वटा हेलिकप्टरले सेवा दिनेछन् ।

मौसम प्रतिकुल भएकाले बुधबार उडान नहुने बताउँदै सापकोटाले एउटा हेलिकप्टरले दैनिक ६ देखि ७ वटासम्म उडान गर्ने जानकारी दिए ।

कम्पनीका अनुसार बुढानिलकण्ठ, बन्डेलीस्थित रुद्रेश्वर चोकबाट गोसाइकुन्डसम्मको यात्रा ३० मिनेटको हुनेछ । भने ३० मिनेट गोसाइकुन्डमा यात्रुहरु रमाउन सक्नेछन् ।

कम्पनीले सन् २०१७ देखि गोसाइकुन्डका लागि हेलिकप्टर सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार तीन वर्षमा १५ सयभन्दा बढी यात्रुले सिम्रिक एयरबाट गोसाइकुन्डको यात्रा गरिसकेको सापकोटाले जानकारी दिए ।


क्लिकमान्डु