थाहा होटल एसोसिएसनले भन्यो- पानारोमा रिसोर्ट निर्दोष



काठमाडौं । मकवानपुरको दामनमा रहेको एभरेष्ट पानारोमा रिसोर्ट निर्दोष भएको ठहर गरेको छ । गत महिना ८ जना भारतीय पर्यटकको मृत्यु भएपछि पर्यटन विभागले ३ महिनाका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

तर एभरेष्ट पानारोमा रिसोर्ट उक्त घटनामा दोषी नभएको एसोसिएसनले दाबी गरेको हो । होटल एसोसिएसनले पर्यटन विभागलाई पत्र लेख्दै कुनै समय बन्देज नतोकिदिन आग्रह समेत गरेको छ ।

एसोसिएसनले नेपाल भ्रमणको समयमा अग्रिम बुकिङ समेत भएको हुँदा विभागलाई कुनै समय बन्देज नतोक्न आग्रह गरेको हो ।

रिसोर्टमा रहेका भारतीय पर्यटककै साथीले बिहान बेड टि पुर्याउन जाँदा सबै अचेत अवस्थामा रहेको पाइएको एसोसिएसनले लेखेको पत्रमा उल्लेख छ । साथै दामनमा बढी चिसो हुने र रिसोर्टका कोठामा एसी जडान गरिए पनि कम भोल्टेजका कारण एसी नचलेको उल्लेख छ ।

जसमा भनिएको छ, ‘एसी जडान गर्नका निमित्त राखिएको पाइएता पनि जाँचबुँझ गर्दा हिऊ पर्ने पहाडी इलाका माइनस ७ डिग्रीमा भएको र प्राविधिक कारणले एसी नचल्ने भन्ने बुझियो, २२० भोल्टभन्दा कम विजुली आएमा एसी नचल्ने भन्ने बुझियो र। पहाडी इलाकामा १४०÷१६० भोल्ट आएको पाइएको विभागलाई लेखिएको पत्रमा उल्लेख छ ।


क्लिकमान्डु