सेयर बजारमा उछाल, १४ सयलाई चुम्दा कारोबार साढे २ अर्ब बढी



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधारसहितको उछाल आउँदा लगानीकर्ताको मनोवैज्ञानिक बिन्दु पनि छोएको छ । केही समय यता बजारमा देखिएको सुधारले लगानीकर्ताले १४ सयको मनोवैज्ञानिक अंकलाई छोएको हो ।

सोमबार १७५ कम्पनीको ६४ लाख ७४ हजार ७५० कित्ता सेयर २ अर्ब ६८ करोड ७५ लाख ३३ हजार ४४२ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा उल्लेख्य सुधार देखिएको छ ।
कारोबार रकमको आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । शिवमको १२ करोड ९४ लाख ९० हजार २३८ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रोमा क्रमशः शिखर इन्स्योरेन्स र हिमालयन डिस्ट्रिलरी रहेका छन् ।

कारोबारमा पन्चकन्य माई हाईड्रोपावर, नाग्दी ग्रुप पावर, राष्ट्रिय बीमा कम्पनीको कारोबारमा सर्किट लागेको छ । अरुण काबेली पावर, सेन्ट्रल फाइनान्सका लगानीकर्ताले कमाउँदा नेपाल हाईड्रो डेभलपर्स, नाडेप लघुवित्त वित्तीय संस्था, नेरुडे लघुवित्त वित्तीय विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु