नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नागरिक उड्डयन प्राधिकरणमा जागिर खानेविरुद्ध मुद्दा

189
Shares

काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा जागिर खाने अधिकृत शालिकराम खनालविरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

अख्तियारको आरोप पत्रमा खनालले बिहार संस्कृत शिक्षा बोर्ड पटना भारतबाट पास गरेको झुठ्ठा शैक्षिक प्रमाण पत्र पेश गरी २०५३ जेठ १ गतेदेखि जागिर खाइरहेको उल्लेख छ ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयमा रा.प.अन. तृतिय श्रेणीमा नियुक्ती भइ हालसम्म कार्यरत रहेको र लाभ समेत लिएको उल्लेख छ ।

खनालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवरण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कसुर देखिएको हुँदा माग दाबी लिइ विशेष अदालतमा अरोपपत्र दायर गरेको हो ।

Skip This