सर्वोच्च अदालतले निजगढ विमानस्थलको मुद्दा पूर्ण इजलासमा पठायो
काठमाडौं । सर्वोच्च अदालतले निजगढ विमानस्थलको मुद्दा पूर्ण इजलासमा पठाउने निर्णय गरेको छ ।
आइतबार प्रधानन्यायाधीश चालेन्द्र शमशेर र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले उक्त मुद्दा पूर्ण इजलासमा पठाउने निर्णय गरेको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।
‘निजगढ सम्बन्धित मुद्दा गम्भीर र संवेदनशिल भएकाले पूर्ण इजलासमा पठाउने निर्णय भएको छ,’ पौडेलले भने ।
सर्वोच्च अदालतले गत मंसिर २० गते विमानस्थल निर्माणको काम यथास्थितीमा राख्न आदेश दिएको थियो । आगामी फागुन ७ गते बस्ने पूर्ण इजलासले मुद्दा हेर्नेछ ।
पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकीले रिट हालेका थिए । तत्कालिन समयमा न्यायाधीश टंंकबहादुर मोक्तानको एकल इजलासले काम अघि नबढाउन आदेश दिएको थियो ।
त्यस्तै, निजगढ विमानस्थल निर्माण गर्दाै रुख काट्न नहुने भन्दै वरिष्ठ अधिकक्ता प्रकाशमणी शर्माले पनि सर्वोच्चमा रिट दर्ता गराएका थिए । यी दुबै मुद्दाको पूर्ण इजलासमा पठाउने निर्णय भएको हो ।