बीमा अभिकर्ताको कमिसन सवा ५ अर्ब पुग्यो



काठमाडौं । सञ्चालनमा रहेको १९ वटा जीवन बीमा कम्पनीमा जीवन बीमा गराउने अभिकर्तालाई दिने कमिसन ४१.८६ प्रतिशतले बढेको छ ।

गत आवको दोस्रो त्रैमासमा बीमा कम्पनीहरुले ३ अर्ब ६९ करोड ६७ लाख १ हजार रुपैयाँ कमिसन दिएका थिए ।

चालु आवको सोही अवधिमा आइपुग्दा बीमा कम्पनीले दिने कमिसन ४१.८६ प्रतिशतले बढेर ५ अर्ब २४ करोड ४२ लाख २४ हजार रुपैयाँ पुगेको छ ।

यो अवधिमा अभिकर्तालाई सबैभन्दा बढी कमिशन नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ६१ करोड ११ लाख ८२ हजार रुपैयाँ कमिशन दिएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २९.६६ प्रतिशतले बढी हो ।

यो अवधिमा आईएमई लाइफ इन्स्योरेन्सले अभिकर्तालाई दिने कमसिन ११३.३७ प्रतिशतले बढेर ११ करोड ३५ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

यस्तै रिलायन्स लाइफको १३५.६७, सानिमा लाइफको १२७.५८, महालक्ष्मी लाइफको १९०.१८, सिटिजन्स लाइफको११९.६७, ज्योति लाइफको ८३.०८, रिलायबल लाइफको ८६.४९, सन नेपालको ७१.४९ प्रतिशतले बढेको छ ।

यो अवधिमा पुरानाभन्दा नयाँ जीवन बीमा कम्पनीले अभिकर्तालाई दिने कमिसन निकै बढेको देखिएको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा सबैभन्दा थोरै अभिकर्तालाई दिने कमिशन बढ्ने जीवन बीमा कम्पनीमा मेट लाइफ इन्सोरेन्स छ ।

मेट लाइफको १६ प्रतिशत रहेको छ भने राष्ट्रिय बीमा संस्थानको १६.६० र एसियन लाइफको २१.७२ प्रतिशलते अभिकर्तालाई दिने कमिसनमा बढोत्तरी भएको देखिएको छ ।

जीवन बीमा कम्पनीहरुले अभिकर्तालाई दिएको कमिसन हेर्दा उनीहरु आफ्नो व्यवसाय विस्तारमा निकै लागेको देखिएको छ ।


क्लिकमान्डु