४० प्रतिशतले नाफा बढेको सूर्या लाइफको सेयरमूल्य अब के हुन्छ ? (प्राविधिक विश्लेषण)



सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद मुनाफा ४० प्रतिशतले वृद्धि गरी १५ करोड १९ लाख रुपैंया कमाएको छ । गत आवको सोही अवधिमा १० करोड ८२ लाख रुपैयाँ कमाएको थियो । सूर्या लाइफको आम्दानीभन्दा खर्च कम भएपछि नाफा बढेको हो ।

एकीकृत आय व्यय हिसाब खाताको ३२.४५ प्रतिशतले आय २ अर्ब ६ करोड रुपैयाँ आर्जन गर्दा खर्च पनि ३०.२८ प्रतिशतले नै बढेर ९५ करोड ८२ लाख रुपैयाँ पुगेको छ । कम्पनीले १ अर्ब २८ करोड ६६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ३४.९७ प्रतिशत अर्थात् ३३ करोड ३३ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ९५ करोड ३३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोश्रो त्रैमासको वित्तीय विवरण

BALANCE SHEET
Particular 2019/20 Q2 2018/19 Q2 Chg. (%)
SOURCES OF FUNDS 9,037,295 5,930,342 52.39%
Paid up Capital 2,155,138 1,131,900 90.40%
Reserve & Surplus 568,994 431,443 31.88%
Life Insurance Fund 6,214,949 4,302,869 44.44%
Catastrophe Reserve 98,214 64,130 53.15%
CONSOLIDATED REVENUE ACCOUNT
INCOME 2,061,557 1,556,495 32.45%
  Net Premium 1,286,698 953,326 34.97%
  Investment, Loan and Other Income 286,241 204,031 40.29%
  Income from Policy Loan 26,784 13,440 99.29%
  Other Direct Income 4,878 1,628 199.63%
EXPENDITURE 958,267 735,571 30.28%
    Claim Payment (Net) 145,531 89,301 62.97%
    Agent commissions 163,652 119,078 37.43%
    Medical Fees 732 1,474 -50.34%
    Service Charges (Net) 12,867 9,533 34.97%
    Other Direct Expenses 1,956 614 218.57%
    Management Expenses 173,567 121,468 42.89%
INCOME STATEMENT
INCOME 198,908 164,705 20.77%
    Transferred from Revenue Account 113,676 81,610 39.29%
    Income from Investment, Loans & Others 73,884 59,412 24.36%
    Provision Written Back 11,348 23,683 -52.08%
EXPENSES 46,934 56,478 -16.90%
    Management Expenses 19,285 13,496 42.89%
    Share Related Expenses 315 3,174 -90.08%
    Provision for Losses 10,448 27,758 -62.36%
    Net Profit 151,974 108,227 40.42%
INSURANCE SECTOR
Total Premium (Rs. 000) 1,307,118 995,006 31.37%
Total no. of Policies 442,885 376,365 17.67%
Total Claim Amount (Rs. 000) 169,708 110,027 54.24%
Total no. of Claims 697 789 -11.66%
Total no unpaid Claims (Rs. 000) 31,215 15,122 106.42%

 

इन्स्योरेन्सले लगानी कर्जा तथा अन्यबाट २८ करोड ६२ लाख रुपैयाँ, बीमालेख धितोमा कर्जाबाट २ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै ६ महिनाको अवधिमा १४ करोड ५५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको इन्स्योरेन्स अघिल्लो वर्ष ८ करोड ९३ लाख रुपैयाँ मात्र थियो ।

व्यवस्थापन खर्च तथा अन्य प्रत्यक्ष खर्चतर्फ ४२.८९ प्रतिशत तथा २१८.५७ प्रतिशतले बढेको छ । चुक्तापूँजी २ अर्ब १५ करोड ५१ लाख रुपैयाँ पुर्याएको इन्स्योरेन्सको जगेडा कोषमा ५६ करोड ८९ लाख ९४ हजार रुपैयाँ, जीवनबीमा कोषमा ६ अर्ब २१ करोड ४९ लाख र महाविपत्ति कोषमा ९ करोड ८२ लाख रुपैयाँ सञ्चित छ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ४ लाख ४२ हजार ८८५ बीमालेख जारी गरी १ अर्ब ३० करोड ७१ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले ६९७ दाबीवापत १६ करोड ९७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४५९ दाबीवापत ३ करोड १२ लाख रुपैयाँ दाबी भूक्तानी गर्न बाँकी छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ १० पैसा, प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ९२ पैसा र मूल्य आम्दानी अनुपात २४.११ गुणा छ ।

कम्पनीले गतआवमा मुनाफाबाट सेयरधनीलाई चुक्तापूँजी १ अर्ब १३ करोड १९ लाख १२ प्रतिशत बराबरको १३ करोड ५८ लाख २८ हजार रुपैयाँ बोनस र कर प्रयोजनका लागि ७१ लाख ४८ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गरेको थियो ।

सूर्या लाइफ इन्स्योरेन्सले भदौ ८ गतेदेखि चुक्तापूँजीको ७० प्रतिशत बराबरले हुन आउने ८८ करोड ७४ लाख रुपैयाँको हकप्रद सेयर बिक्री खुला गरेको थियो । बीमा समितिले जीवन बीमा कम्पनीका लागि तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न कम्पनीले हकप्रद जारी गरेको हो ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ५ वर्षको वित्तीय विवरण

Balance Sheet
Particular 2014/15 2015/16 2016/17 2017/18 *2018/19
SOURCES OF FUNDS 1,704,458.13 2,427,860.12 3,465,223.81 5,003,587.53 7,008,138
Paid up Capital 500,000 500,000 656,250 1,094,821.30 1,267,728
Reserve & Surplus 142,016.95 257,211.91 353,625.92 327,262.37 410,293
Life Insurance Fund 1,051,000.95 1,646,024.77 2,417,175.69 3,524,699.96 5,252,452
Catastrophe Reserve 11,440.23 24,623.45 38,172.19 56,803.89 77,665
CONSOLIDATED REVENUE ACCOUNT
INCOME 747,800.60 1,292,289.14 1,648,637.82 2,312,357.90 3,359,929
Net Premium 623,002.30 1,010,425.06 1,255,705.73 1,669,188.21 2,488,908
Investment, Loan And Other Income 72,626.79 151,121.08 195,223.93 315,723.28 453,509
Income from Policy Loan 2,095.89 4,835.23 10,239.75 19,060.26 30,767
Other Direct Income 630.86 430.29 3,055.36 1,862.41 2,675
EXPENDITURE 374,732.80 630,513.32 782,021.44 1,065,455.43 1,468,489
Claim Payment (Net) 35,759.59 57,076.28 108,397.07 169,448.61 227,615
Agent commissions 95,114.40 155,868.70 141,282.70 199,048.65 327,977
Service Charges (Net) 6,336.23 10,198.44 12,557.06 16,691.88 24,889
Management Expenses 117,580.01 217,054.68 206,999.95 289,763 440,251
Income Statement
INCOME 31,514.85 119,137.35 153,063.29 221,300.81 297,062
EXPENSES 9,573.39 -13,329.41 16,810.76 34,758.85 88,451
Net Profit 21,941.46 132,466.75 136,252.54 186,541.96 208,611
Key Stats
Total Premium (Rs. 000) 725,149 1,073,742 1,338,571 1,747,357 2,550,843
Total no. of Policies 179,379 286,516 308,983 342,268 376,967
Total Claim Amount (Rs. 000) 34,916 57,783 151,907 219,657 275,844
Total no. of Claims 491 513 894 1,200 1,774
Total no unpaid Claims (Rs. 000) 684 502 3,226 13,842 26,687
Dividend Per Share (Rs.) 5.26 10.53 12.63 12.63
Bonus % 5% 10% 12% 12%
Cash % 0.26% 0.53% 0.63% 0.63%

फ्लोरसिट

सूर्या लाइफको कारोबार २ हप्ताको फ्लोरसिट हेर्दा ब्रोकर न ३९,४५,३४,२८ तथा ५८ बाट खरिद तथा ४,५८,४२,५ तथा ४४ बाट सर्वाधिक बिक्री भएको देखिन्छ । त्यस्तै इन्स्योरेन्सको बजार मूल्य ४८२ रुपैयाँमा १ लाख १३ हजार सर्वाधिक सेयर कारोबार भएको छ ।

प्राविधिक विश्लेषण

मैनबती आकृति विश्लेषण

गत साता कारोबार बन्दहुँदा माथिल्लो तथा तल्लो स्याडोसहित सानो बुलिस मैनबत्ति बनेको छ । यसले साताको लगानीकर्ता प्रोफिट बुकिङ लागेको देखिन्छ ।

१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स

१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ७० को स्केलबाट तीव्र गतिले बढेर ८१ को स्केलमा पुगेको छ । यसले इन्स्योरेन्स मूल्य बुलिस मोमेन्टोम भएपनि ८० स्केल पुग्नुले केही सुधार हुन सक्ने संकेत पनि गर्दछ ।

कमोडिटी च्यानल इन्डेस्क

कमोडिटी च्यानल इन्डेस्क धनात्मक ३०० को स्केलबाट १८० स्केलमा आएको देखाउँछ । यस सीसीआई धनात्मक १०० तथा ऋणात्मक १०० मा विभाजन गर्दछ । यदीबजार धनात्मक १०० भन्दामाथि गयो भने बढ्ने र ऋणात्मक १०० को स्केल भन्दा तल गएपछि घट्ने संकेत मानिन्छ ।

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

सुर्य लाईफ इन्स्योरेन्स गत वर्ष नोभेम्बरको अन्ततिर एमएसीडीले सिग्नल लाइनलाई क्रस भएको थियो । गत साताको अन्ततिर पनि निरन्तता चलेको देखिन्छ । हिस्टोग्राम पनि मूल्य स्थिर रहेसँगै स्थिर हुने संकेत देखिन्छ ।

बोलिन्जर ब्याण्ड

एभरेस्ट इन्स्योरेन्स चार्ट हर्दा मूल्यले माथिल्लो ब्याण्डमा रेहको छ । यस सूचकले बजारको भोलातिलिटी मापन गर्दछ ।

निश्कर्ष

सूर्या लाइफ इन्स्योरेन्स चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३३ करोड ३३ लाख रुपैयाँले वृद्धि गरेर १ अर्ब २८ करोड ६६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

खुद मुनाफा ४० प्रतिशतले वृद्धि गरी १० करोड ८२ लाखबाट १५ करोड १९ लाख पुगेको छ । साथै खर्च पनि कम्पनी नियन्त्रण राखेको छ । जीवन बीमा समूह प्रतिसेयर आम्दानी १४ तथा ३३ गुणा मूल्य आम्दानी अनुपात रहेको कम्पनी बीमा कम्पनी समूहमा सबैभन्दा कम मूल्य रहेको छ ।

साता बिहिवार कारोबार बन्दहुँदा माथिल्लो तथा तल्लो स्याडोसहित सानो बुलिस मैनबत्ति बनेको छ । १४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ८१ तथा कमोडिटी च्यानल इन्डेस्क धनात्मक ३०० को स्केलबाट १८० स्केलमा आएको देखाउँछ ।

एमएसीडीको बुलिस क्रस निरन्तता र हिस्टोग्राम पनि स्थिर हुने संकेत देखिन्छ । बोलिन्जर ब्याण्ड मूल्य माथिल्लो ब्याण्डमा छ । प्रायः प्राविधिक सूचकले सूर्या लाइफमा लगानीकर्ता प्रोफिट बुकिङ गरेको स्पष्ट देखिन्छ ।

केही दिनदेखि बीमा सेक्टर राम्रो वृद्धिसँगै सूर्या लाइफको मूल्यको मूल्य २४० देखि ४७१ रुपैंयासम्म पुगेको छ । अहिलेको मूल्य २०१७ तिर बनाएको ४८१ वरपर रहेको छ र उक्त तह ब्रेक गर्न सकेको देखिँदैन ।


क्लिकमान्डु