बीमा समितिको संस्थागत सुशासनमा युनियनको साथ



काठमाडौं । विभिन्न सरकारी निकायमा पनि कर्मचारी युनियनहरु हुने गर्दछन् । ती नै कर्मचारी युनियनको सहयोग प्रभावकारी भएको खण्डमा सेवाग्राहीले समयमा नै प्रभावकारी सेवा पाउने गर्दछन् ।

त्यस्तै बीमा कम्पनीहरुको नियायक निकाय बीमा समितिमा रहेको कर्मचारी युनियनले पनि संस्थागत सूशासनको लागि काम गर्ने प्रतिबद्वता जनाएको छ ।

समितिमा रहेको कर्मचारी युनियनको नयाँ कार्यसमितिले कर्मचारी तथा संस्थाको विकास र विस्तारमा लाग्नुका साथै समितिको संस्थागत सूशासनमा लाग्ने प्रतिबद्वता जनाएका छन् । नयाँ कार्यसमितिले विज्ञप्ति जारी गर्दै कर्मचारीहरुको हकहित तथा संस्थाको बृहत्तर हितमा लागि सदैव लागि रहने प्रतिबद्धता जनाएको छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा पूर्ण बहादुर थापा रहेका छन् । अध्यक्ष थापाको नेतृत्वमा प्रथम उपाध्यक्ष रन्जिता के.सी. (भण्डारी), उपाध्यक्ष बैकुण्ठ घिमिरे, महासचिवमा ऋण राम पण्डित, सचिवमा अनुराग पाण्डे र कोषाध्यक्षमा निश्चल राज बाँनिया रहेका छन् । यस्तै सदस्यहरुमा प्रदिप गौतम, राम कोजु र राजेन्द्र खतिवडा रहेका छन् ।


क्लिकमान्डु