१९ बीमा कम्पनीले दिए ४० अर्ब बढी बीमालेख धितोमा कर्जा (विवरणसहित)



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १९ वटा जीवन बीमा कम्पनीहरुले ४० अर्ब ७ करोड ९८ लाख २८ हजार रुपैयाँ बीमालेख धितोमा कर्जा दिएका छन् ।

जुन गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ५६.६७ प्रतिशत अर्थात् १४ अर्ब ४९ करोड ८६ लाख ७५ हजार रुपैयाँले बढी हो ।

गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरुले २५ अर्ब ५८ करोड ११ लाख ५३ हजार रुपैयाँ बीमालेख धितोमा कर्जा दिएका थिए । गत आवको दोस्रो त्रैमासमा ६ वटा जीवन बीमा कम्पनीले बीमालेख धितोमा भने कर्जा दिएका थिएनन् ।

तत्कालिन समयमा बीमालेख धितोमा कर्जा नदिएका कम्पनीले पनि चालु आवको सोही अवधिमा बीमालेख धितोमा कर्जा दिएका छन् ।

यो अवधिमा सबैभन्दा नेपाल लाइफ इन्स्योरेन्सले १५ अर्ब ७३ करोड २० लाख ३६ हजार रुपैयाँ बीमालेख धितोमा कर्जा दिएको छ । जुन गत आवको दोस्रो त्रैमासमा १० अर्ब १० करोड ९९ लाख ७९ हजार रुपैयाँ थियो ।

यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसनले ११ अर्ब ८७ करोड ९३ लाख ५६ हजार रुपैयाँ बीमालेख धितोमा कर्जा दिएको छ । यस्तो कर्जा गत आवको सोही अवधिमा ७ अर्ब ८५ करोड २६ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।

यस्तै १ अर्ब भन्दा बढी कर्जा दिने कम्पनीमा राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ, एशियन लाइफ, प्राइम लाइफ इन्स्योरेन्स पनि छन् ।

राष्ट्रिय बीमा संस्थाले १ अर्ब ६२ करोड ४७ लाख ८७ हजार नेशनल लाइफले ४ अर्ब ३० करोड २ लाख ८९ हजार, एसियन लाइफ इन्स्योरेन्सले १ अर्ब ९२ करोड ३४ लाख ९६ हजार रुपैयाँ र प्राइम लाइफ इन्स्योरेन्सले १ अर्ब ९ करोड २१ लाख ७३ हजार रुपैयाँ बीमालेख धितोमा कर्जा दिएको वित्तीय विवरणमा उल्लेख छ ।


क्लिकमान्डु