अटोमोबाइल र आर्किटेक्चर पढाउन सरकारले दियो अस्थायी स्वीकृति



काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित थापाथलीस्थित इन्जिनियरिङ अध्ययन संस्थानलाई बीई अटोमोबाइल र बीई आर्किटेक्टर अध्यापनका लागि अस्थायी स्वीकृति प्रदान गरेको छ ।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता गोकुल बास्कोटाले इन्जिनियरिङ अध्ययन संस्थानलाई बीई अटोमोबाइल र बीई आर्किटेक्चर अध्यापनका लागि ४८/४८ सिटका लागि अस्थायी स्वीकृति दिएको जानकारी दिए ।


क्लिकमान्डु