नागरिक उड्डयन सम्बन्धी कानून संशोधन गर्न सैद्दान्तिक सहमति प्रदान



काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयनसम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमा गर्न सैद्दान्तिक सहमति दिएको छ ।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता गोकुल बास्कोटाले नागरिक उड्डयनसम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमा गर्न सैद्दान्तिक सहमति दिएको बताए ।

उनले नेपाल वायू सेवा निगमलाई निजीकरण गर्ने विषयमा नसोचेको बताए । साथै उनले नयाँ विमानस्थलहरु निर्माण भइरहेको बताउँदै कैयन विमानस्थलहरु स्तरोन्नती भएको बताए ।

तर क्षमता अभिवृद्धिका लागि कुनै विमानस्थल सञ्चालनमा विदेशी संस्थासँग मिलेर काम गर्न इच्छुक रहेको बताउँदै भैरहवा विमानस्थल सञ्चालनका लागि जुरिज इन्टरनेशनलसँग छलफल भइरहेको समेत बताए ।


क्लिकमान्डु