पानीजहाज स्टेसन निर्माणका लागि एक हेक्टर क्षेत्रफल प्रयोग गर्न दिने सरकारको निर्णय

133
Shares

काठमाडौं । सरकारले पानीजहाजको स्टेसन निर्माणका लागि चितवनमा एक हेक्टर क्षेत्रफल जग्गा प्रयोग गर्ने विषयमा स्वकृति दिएको छ ।

बिहीबार मन्त्रिपरिषदका निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले उक्त जानकारी दिए ।

उनका अनुसार नारायणीमा पानीजहाज आयोजनाका लागि आवश्यक रहेको क्रुज पोर्ट (क्रुज स्टेसन) निर्माणका लागि चितवन जिल्ला भरतपुर महानगरपालिका १६ स्थित राष्ट्रिय वन क्षेत्रको एक हेक्टर वन क्षेत्रमा भएको जग्गा प्रयोग गर्न स्वीकृत दिएको हो ।

Skip This