प्रभु बैक र एन प्याब्सनबिच सम्झौता, एन प्याब्सनले आफ्नो सबै आर्थिक कारोबार प्रभु बैंकमार्फत गर्ने



काठमाडौं ।  प्रभु बैंक लिमिटेड र काठमाण्डौस्थित निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एन प्याब्सन विच बैंकिङ्ग कारोबार प्रभु बैंक मार्पmत गर्ने सम्झौमा हस्ताक्षर भएको छ । बुधबार काठमाडौंस्थित सिनामंगलमा भएको सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एन प्याब्सनका तर्फबाट अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार ंएनप्याब्सनले आफ्नो आधिकारी बैकको रुपमा प्रभु बैंकलाई तोकेको छ । अब एनप्याब्सनले आफ्नो सम्पूर्ण कारोबार प्रभु बैंकबाट गर्ने छ । आफ्ना मातहतका विद्यालयहरुलाई विद्यार्थीहरुबाट संकलन गर्ने शैक्षिक शुल्क तथा बैंकको जुनसुकै शाखा कार्यालयमा खाता खोली संकलन गर्न तथा कार्यरत शिक्षक तथा अन्य कर्मचारीहरुको तलबी खाता पनि प्रभु बैंकमा खोली तलब भुक्तानी दिन पनि ंएनप्याब्सनले आग्रह गरेको छ ।

सम्झौता अनुसार एन प्याब्सन सदस्य विद्यालयहरुमा कार्यरत शिक्षक विद्यार्थि, कर्मचारी तथा सम्बन्धित अभिभावकहरुलाइ नेपाल धितो पत्र बोर्डमा सुचिकृत कम्पनीहरुको आईपिओ, एफपिओ, डिबेञ्चर लगायतको सूचना उपलब्ध हुनुका सार्थैे डिम्याट खाता खोल्ने सुविधा समेत उपलब्ध हुनेछ ।

साथै एन प्याब्सनले आयोजना गर्ने संस्थागत वार्षिक कार्यक्रम लगायत जुनसुकै कार्यक्रमहरुमा आधिकारिक बैंकको रुपमा प्रभु बैंकको नाम उल्लेख गर्नेछ ।


क्लिकमान्डु