नेप्से परिसूचक ४.६० अंकले बढ्यो, कारोबार भने साढे १ अर्ब बढी



काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) सेयर बजार सकारात्मक रहेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.६० अंकले बढेर १३४५.९७ विन्दुमा कारोबार बन्द भएको हो ।

बुधबार नेप्सेमा १ सय ७३ कम्पनीहरुको ३९ लाख ८६ हजार ७६९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबारमा भने आज नागरिक लगानी कोषले अग्रता लिएको छ । जसका ९ करोड ८९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।

यस्तै शिवम् सिमेन्टको९ करोड ६८ लाख, एनआइसी एशिया बैैंककोे ६ करोड ९ लाख र स्वारोजगार लघुवित्त वित्तीय संस्थाको ५ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।

यसैगरि बुधबार सेन्टल फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सबै भन्दा बढी कमाएका छन् । कम्पनीकोे प्रतिसेयर मुल्यमा ९.९३ प्रतिशतले वृद्धि भएको छ भने ज्योति विकास बैंकका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएका छन् । जसको प्रति सेयर मुल्यमा ४.१०२५६ प्रतिशतले गिरावट आएको छ ।

सो दिन नेप्सेमा सुचिकृत १२ वटा समुह मध्ये २ वटा समुहको सुचक घटेको छ भने बाँकी समुहको सुचक वृद्धि भएको छ ।


क्लिकमान्डु