भारतीय पर्यटकको मृत्यु भएपछि पानारोमा रिसोर्टलाई मन्त्रालयको कारबाही, ३ महिना बन्द



काठमाडौं । आठ जना भारतीय पर्यटकको मृत्यु भएपछि सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टलाई कारबाही गरेको छ ।

मन्त्रालयले रिसोर्ट तीन महिनाका लागि बन्द गर्न निर्देशन दिएको छ ।

फच्र्यूना इन्टरनेशनल प्रालि नाममा दर्ता भइ सञ्चालनमा रहेको पानारोमान रिसोर्ट मनवानपुरको थाहा नगरपालिका ४ सिमभन्ज्याङमा छ । कम्पनी २०७० चैत ४ गते दर्ता भएर सञ्चालनमा आएको थियो ।

मन्त्रालयले पर्यटन ऐन २०३५ को दफा १० बमोजिम पर्यटन विभागबाट तोकिए बमोजिम स्तर वर्गिकरण समेत नगराएको र रिसोर्ट सञ्चालनका क्रममा पर्याप्त सुरक्षात्मक तथा व्यवस्थापकीय कमजोरी समेत भएको पाइएकाले ऐनको दफा १५ को उपदफा २ बमोजिम तीन महिनाका लागि होटल, रिसोर्ट तथा बार सम्बन्धि कुनै पनि कार्य नपाउने गरी सचिवस्तरीय निर्णय भएको उल्लेख गरेको छ ।

निलम्बनपछि पनि सम्पूर्ण मापदण्ड पूरा गरी सञ्चालन गर्न भनेको छ ।


क्लिकमान्डु