चीनमा रहेका नेपालीलाई फागनु ३ गते स्वदेश ल्याउने सरकारको निर्णय



काठमाडौं । सरकाले चीनमा रहेका नेपाली विद्यार्थीलाई फागुन ३ गते नेपाल ल्याउने निर्णय गरेको छ । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै नेपाली विद्यार्थीहरुले स्वदेश फर्काउन आग्रह गर्दै आएका थिए ।

त्यसपछि सरकारले स्वदेश फर्कन चाहने विद्यार्थीको नाम टिपाउन भनेको थियो । जसमा १८० भन्दा बढी विद्यार्थीले नाम टिपाएका थिए । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल एयरलाइन्सको विमानबाट नेपाली विद्यार्थीलाई स्वदेश फर्काउने निर्णय गरेको हो ।

नेपाल ल्याइसकेपछि उनीहरुलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको भवनमा राखिनेछ । विद्यार्थीहरुको निगरानीका लागि ८६ जना स्वास्थ्यकर्मीलाई तालिम समेत दिइएको छ ।


क्लिकमान्डु