म्यारिएट होटलमा डेल्टिन समूहको क्यासिनो शुरु



काठमाडौं । भारतको एक विशाल एवं सार्वजनिक रुपमा सूचीकृत गेमिङ्ग तथा आतिथ्य सेवा प्रदान गर्ने कम्पनी डेल्टिन समूहले काठमाडौंको म्यारिएट होटलमा क्यासिनो शुरु गरेको छ ।

यो समूहले पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय परियोजना डेल्टिन क्यासिनोको शुभारम्भ नक्साल, काठमाडौं स्थित होटल म्यारिएटबाट गरेको छ ।

समूहले नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्यासिनो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । भिजिट नेपाल २०२० को सन्दर्भसँगै संचालनमा आएको यो क्यासिनोले नेपालमा क्यासिनो–पर्यटनलाई अझ थप उचाईमा लैजाने विश्वास गरिएको छ । साथै पर्यटनका अन्य पक्षहरुलाई समेत ध्यानमा राखेर नेपालको अर्थतन्त्र उकास्नमा समेत यसको थप योगदान रहनेछ ।

क्यासिनोले नेपालमा उच्चकोटीको गेमिङ्ग अनुभूति, आतिथ्यता र मनोरन्जनको स्तरमा अभिवृद्धि गर्ने उद्देश्य लिएको छ । क्यासिनोले हाल २५० जना स्थानीयहरुलाई रोजगारी प्रदान गरेको छ । यी कर्मचारीहरुबाट उच्चस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता स्वरुप उनीहरुलाई ६ महिनासम्म अन्तर्राष्ट्रिय सुपरिवेक्षकको निगरानीमा प्रशिक्षण प्रदान गरिएको थियो ।


क्लिकमान्डु