विमानस्थलमा भएको आगलागीबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन, ७ दिनको समय



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार राति भएको आगलागीका विषयमा छानविन गर्न छानविन समिति गठन गरिएको छ । मंगलबार सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव सुरेश आचार्यको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको हो ।

समितिलाई ७ दिनको समय दिइएको छ । समितिले ७ दिनभित्र अध्ययन गरी सुझावसहितको प्रतिवेदन तयार पार्नेछ । समितिमा संयोजक आचार्यसहित उपसचिव राजन नेपाल, प्रहरी उपरीक्षक केदार ढकाल, नागरिक उड्डयन प्राधिकरणका निर्देशक कुलप्रसाद सिंखडा र प्राधिकरणका उपनिर्देशक बिक्रम गौतम सदस्य छन् ।

सोमबार राति विमानस्थलको स्टेराइल क्षेत्रमा रहेको कफी सपमा आगो लागेको थियो । जसका कारण केही समय अन्तर्राष्ट्रिय उडान १ घण्टा १० मिनेट अवरुद्ध भएको थियो ।


क्लिकमान्डु