सेयर बजारमा उछाल, कारोबार रकम डेढ अर्ब बढी
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । सेयर बजारमा मापन गर्ने सूचक १७.११ अंकले बढेर १३४१.३८ बिन्दुमा रोकिएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक ३.७५ अंकले बढेर २८५.३७ बिन्दुमा रोकिएको छ ।
१७५ कम्पनीको ३९ लाख ९६ हजार ८७७ कित्ता सेयर १ अर्ब ५३ करोड २२ लाख ५० हजार ४४० रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ १४.४८, डेभलपमेन्ट बैंक १८.६४, निर्जीबन बीमा कम्पनी ९३.४७, माइक्रोफाइनान्सको ७०.२२ र जीवन बीमा समूहको उपसूचक ५३.२६ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । शिवमका लगानीकर्ताले १५ करोड २ लाख १२ हजार ४५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा एनआईसी एसिया बैंक, सिभिल बैंंक रहेको छ ।
कारोबार रकमको आधारमा कालिका पावर कम्पनी, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, नेपाल हाईड्रो डेभलपर्स, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा यूनियन हाईड्रोपावर, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स, साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले गुमाएका छन् ।