प्रभु लाइफ इन्स्योरेन्सको नाफा ३५.७९ % र बीमा शुल्क संकलन ११०.१५% ले बढ्यो



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी ३५.७९ प्रतिशतले खुद नाफामा वृद्धि गरेको छ । कम्पनीद्वारा सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार सो अवधिमा ३ करोड ५८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको सोही अवधिमा कम्पनीले खुद नाफा २ करोड ७४ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क संकलनतर्फ भने अप्रत्यासित प्रगति गरेकोे छ । गत आवको पुस मसान्तसम्म १४ करोड ८७ लाख ६४ हजार रुपैयाँबीमा शुल्क आर्जनमा ११०.१५ प्रतिशतले वृद्धि गरेर ३१ करोड २६ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।

सो अवधिसम्ममा कम्पनीले अभिकर्ता कमिसन ५ करोड ५० लाख ७२ हजार रुपैयाँ वितरण गरेको छ । साथै कम्पनीले कम्पनीले कुल ६० वटा दाबीको ९५ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १४ करोड ११ लाख रुपैयाँ र जीवन बीमा कोषमा ५१ करोड ९० लाख ८५ हजार रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ७.०७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.४३ गुणा, प्रतिसेयर नेटवर्थ १११.८६ रुपैयाँ र तरलता अनुपात १.८९ रहेको छ ।


क्लिकमान्डु